+
+

गण्डकीले कर्णालीलाई दियो १२३ को लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १३:३७

२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १२३ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको हो ।

गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक रन बनाए । अगाडिका पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा छैटौं ब्याट अश्वानी रानाले १६, कप्तान विपिन खत्रीले १० रन बनाए ।

चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा अविजित रहे ।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान दुई/दुई विकेट लिए । प्रकाश जैशी, दिवान पुन र रवीन्द्र रावतले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?