+
+

उत्तरी गोरखाको होटलमा आगलागी, एक करोड भन्दा बढी क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते २०:२२

२९ पुस, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको एक होटलमा आगलागी भएको छ ।

स्थानीय छिरिङ नोर्के लामाले सञ्चालन गर्दै आएको ट्रेकर होम नामक होटलमा शनिबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट होटलका सामान र भौतिक संरचना पूर्ण रुपमा जलेर नष्ट भएको वडाध्यक्ष टसी दोर्जे लामाले बताए । ‘जाडो छल्न होटल सञ्चालक काठमाडौं गएका रहेछन्’, उनले भने, ‘होटल कुरुवा एक जना रहेछन्, राति एक बजे आगलागी भयो भनेर मलाई फोन आएपछि म पुगेको थिएँ ।’

आगजनीबाट दुई लाख नगद सहित होटलको संरचना र होटलभित्र रहेका सबै सामग्रीहरु जलेर नष्ट भएको लामाले जानकारी दिए । आगलागीबाट एक करोड बढीको क्षति भएको उनको अनुमान छ ।

प्रहरी चौकी छेकम्पारबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा करिब ३ घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण भने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?