+
+

रोहितको अलराउन्ड प्रदर्शनमा एपीएफको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १५:२३

१ माघ, काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । त्यसक्रममा एपीएफले कोशीमाथि ६ विकेटको जित हात पारेको छ ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १३६ रनको सामान्य लक्ष्य एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । एपीएफ लागि कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरे । बलिङ तर्फ ३ विकेट लिएका रोहितले ब्याटिङमा ८० रनको अर्धशतकीय पारी खेले । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर प्रज्वल शाहीले २२ रन बनाए । अर्का ओपनर आशिफ शेख ४ रनमा आउट भए । पुरन विक १ रनमा एलबीडब्ल्यु भए । सुमित महर्जन २० र सन्दीप जोरा २ रनमा अविजित रहे ।

कोशीका लागि बलिङमा फिरोद अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मण्डलले १/१ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४४.३ ओभरमा १३५ रनमा अलआउट भएको थियो ।

कोशीका लागि फिदोर अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेले । कप्तान अंकित १३ रनमा क्याच आउट हुँदा, सोनु अन्सारीले २० रन बनाए । आशिष भट्टराई १० र सोनु मण्डलले ११ त्यसअघि रन बनाए । अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि रोहित पौडेल र अभिनास बोहोराले समान ३/३ विकेट लिए । अमर रौतेलाले २ विकेट लिए, भुवन कार्की र श्याम ढकालले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?