+
+

फिल्मफेयर अवार्डमा ‘एनिमल’ सर्वाधिक १९ विधामा मनोनयन, अरु कुन-कुन छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १२:४१

काठमाडौं । भारतको ६९ औं फिल्मफेयर अवार्ड-२०२४ का लागि मनोनयन घोषणा गरिएको छ । निर्देशक करण जोहर, जान्हवी कपुर र वरुण धवनले मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा मनोनयन घोषणा गरेका हुन् ।

आश्चर्य यो हो कि शाहरुख खानले उत्कृष्ट अभिनेताको लागि दुईवटा मनोनयन प्राप्त गरेका छन् । एउटा फिल्म ‘जवान’ र अर्को ‘डंकी’का लागि उनी मनोनित भएका हुन् ।

रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’ यो वर्ष सबैभन्दा बढी १९ विधामा मनोनयन भएको छ । विक्रान्त मेसी अभिनित फिल्म ‘ट्वेल्थ फेल’ले पनि केही प्रमुख विधामा मनोनयन प्राप्त गरेको छ ।

सर्वश्रेष्ठ फिल्मको विधामा ‘ट्वेल्थ फेल, एनिमल, जवान, ओएमजी २, पठान र रकी और रानीकी प्रेम कहानी मनोनित छन् ।

सर्वश्रेष्ठ निर्देशकमा ओएमजी २ बाट अमित राय, एटली (जवान), करण जोहर (रकी और रानीकी प्रेम कहानी), सन्दीप रेड्डी वांगा (एनिमल), सिद्धार्थ आनन्द (पठान) र विधुविनोद चोपडा (ट्वेल्थ फेल) छन् ।

सर्वश्रेष्ठ क्रिटिक फिल्ममा ट्वेल्थ फेल, भीड, फराज, जोरम, सामबहादुर, थ्री अफ अस, ज्वीगाटो छन् । सर्वश्रेष्ठ अभिनेतातर्फ रणवीर कपुर (एनिमल), रणवीर सिंह (रकी और रानीकी प्रेम कहानी), शाहरुख खान (डंकी र जवान), सनी देओल (गदर २), विक्की कौशल (सामबहादुर) छन् ।

सर्वश्रेष्ठ अभिनेत्रीतर्फ आलिया भट्ट (रकी और रानीकी प्रेम कहानी), भूमि पेड्नेकर (थ्यांक्यु फर कमिङ), दीपिका पादुकोण (पठान), कियारा आडवाणी (सत्यप्रेमकी कथा), रानी मुखर्जी (मिसेज चटर्जी अफ नर्वे) र तापसी पन्नु (डंकी) छन् ।

फिल्मफेयर अवार्ड आगामी जनवरी २८ मा गुजरातको गान्धीनगरमा आयोजना हुँदैछ । यसलाई बलिउड फिल्मको सबैभन्दा ठूलो अवार्ड मानिन्छ । २७ जनवरीमा प्राविधिक अवार्ड समारोह आयोजना गरिनेछ, जसको होस्ट आयुष्मान खुरानाले गर्नेछन् ।

२८ जनवरीमा हुने मुख्य कार्यक्रम आयुष्मानसँगै करण जोहर र मनिष पलले होस्ट गर्नेछन् । यस वर्ष रणवीर कपुर, कार्तिक आर्यन, सारा अली खान, वरुण धवन, जान्हवी कपुर र करीना कपुरले समारोहमा प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?