+
+

सन् २०२३ मा नेपालमा धेरै कमाइ गर्ने विदेशी फिल्म बनेको हो ‘एनिमल’ ? 

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १७:०८

काठमाडौं । बलिउड फिल्म ‘एनिमल’को तेस्रो शुक्रबारको नेपाल अकुपेन्सी ५० प्रतिशत हाराहारीमा छ । जुन तेस्रो सप्ताहन्तमा पनि यो फिल्मले कायम गरेको स्थिर अनुपात हो । शनिबार अकुपेन्सीको यो संख्यामा स्वभाविक रुपमा केही वृद्धि हुनसक्छ ।

फिल्मले दुई सातामा नेपालमा १० करोड रुपैयाँ ग्रसभन्दा बढी कलेक्सन गरेको अनुमान छ । चलचित्र विकास बोर्ड र वितरकले कमाइबारे बताएका छैनन् । फिल्मले दोस्रो सप्ताहन्तसम्म नेपाली बक्स अफिसमा शाहरुख खानको ‘पठान’को कमाइलाई उछिनेको विश्लेषण गरिएको छ ।

वितरक मनोज राठीले फिल्मको कमाइबारे हिसाब आउन बाँकी रहेको बताए । चलचित्र विकास बोर्डले त केही महिनादेखि बक्स अफिस बन्द गरेको स्थिति छ । तर अकुपेन्सी र ट्रेन्डको हिसाब हेर्दा कमाइबारे बुझ्न कठिन हुँदैन । जसअनुसार ‘एनिमल’को कमाइ सन् २०२३ मा ‘जवान’कै हाराहारीमा हुने देखिन्छ ।

यस वर्ष हलिउडको कमाइ विगतजस्तो नेपाली बक्स अफिसमा उछाल देखिएको छैन । जसले गर्दा बलिउडकै दबदबा यसपटक देखिएको छ । ‘एनिमल’ यस वर्षकै धेरै कमाउने विदेशी फिल्म बन्यो भने त्यो स्वभाविक हुन्छ ।

एनिमलले १४ दिनसम्म विश्वभर ७८४.४५ करोड भारु कमाइ गरेको छ । सोही अवधिमा भारतीय बक्स अफिसमा फिल्मले ४८१ करोड नेट कलेक्सन गरेको कोइमोइ डटकमले उल्लेख गरेको छ । फिल्म शनिबार पाँच सय करोड क्लबमा प्रवेश गर्ने प्रक्षेपण उक्त वेबसाइटले गरेको छ ।

एनिमलले बिहीबार मात्र भारतमा ९.५० करोड भारु कमाएको उल्लेख छ । भारतमा शनिबार मात्र १५ करोडको कमाइ हुने अनुमान छ । यदि यसो भयो भने रणवीर कपुरले भारतीय फिल्मको इतिहासमा कीर्तिमान रच्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?