+
+

५०० करोड क्लब प्रवेश गर्ने पहिलो भारतीय ‘एडल्ट’ फिल्म बन्यो ‘एनिमल’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते ११:५५

काठमाडौं । रणवीर कपुर स्टारर ‘एनिमल’ भारतीय बक्स अफिसमा ५०० करोड क्लब प्रवेश गर्ने पहिलो ‘एडल्ट’ फिल्म बनेको छ । प्रदर्शनको १६ दिनसम्म फिल्मले विश्वव्यापी ८०० करोड नेट भारु समेत कमायो ।

यो कमाइसँगै ‘एनिमल’ हिन्दी फिल्मको इतिहासमा सर्वाधिक कमाउने चौंथो फिल्म समेत बनेको छ । फिल्मको लाइफटाइम कलेक्सन ५८० करोड भारु नेटसम्म हुने अनुमान छ ।

शनिबार १६ औं दिनमा फिल्मले भारतमा १३ करोड नेट कमायो । १५ औं दिनमा यसको कमाइ त्यहाँ ८.३ करोड नेट भारु थियो । बिहीवार शाहरुख खानको ‘डंकी’ रिलिज हुँदैछ भने शुक्रबार ‘सलार’ प्रदर्शन हुँदैछ । त्यसअघि ‘एनिमल’ले राम्रै कमाइ गर्ने प्रक्षेपण छ ।

‘एनिमल’ले नेपाली बक्स अफिसमा दोस्रो सप्ताहन्तसम्म १० करोड ग्रसभन्दा बढी कमाइ गरेको जनाइएको छ ।

सन्दीप रेड्डी भांगा निर्देशित फिल्ममा रणवीरको शीर्ष भूमिका छ । बाबु र छोराबीचको सम्बन्धको कथा पेश गर्ने यो फिल्ममा अनिल कपुर, रश्मिका मन्दाना, बबी देओलको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?