+
+

बालबालिकालाई ‘एडल्ट’ फिल्म ‘एनिमल’ देखाउने हलविरुद्ध कार्वाही सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १३:०४

काठमाडौँ । चलचित्र विकास बोर्डले ‘एडल्ट’ फिल्ममा १६ वर्षमुनिका बाल दर्शकलाई समेत टिकट बिक्री गरिएको पाइएको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ ।

बोर्डका अनुगमन समिति संयोजक राजु केसीले अहिले चलिरहेको हिन्दी फिल्म ‘एनिमल’मा बाल दर्शकलाई पनि हलभित्र प्रवेशको अनुमति दिइएको पाइएको र यसविरुद्ध आफूहरु कडाइको साथ प्रस्तुत हुने बताए ।

केसी संयोजकत्वको टोलीले सोमबार बेलुका नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा छड्के अनुगमन गरेको थियो । चेकजाँचका लागि हलको टोली त्यहाँ पुग्दा बालबालिकालाई पनि टिकट बिक्री गरी फिल्म देखाइएको भेटिएको बोर्डद्वारा प्रेषित विवरणमा उल्लेख छ ।

हल व्यवस्थापनलाई तत्काल टिकट फिर्ता गर्न लगाइएको थियो । नेपालको सेन्सर बोर्डले १६ वर्षभन्दा मुनिकाले हेर्न नपाउने सर्तमा ‘एनिमल’लाई एडल्ट सर्टिफिकेट दिएको थियो ।

बोर्डको उक्त टोलीमा संयोजक राजु केसी, सदस्यहरु केएल बुढाथोकी, रवि अधिकारी लगायत पुगेका थिए । नियमविपरित बालदर्शकलाई फिल्म हेराएको पाइएकाले वान सिनेमाजलाई कार्वाहीको लागि सिफारिस गरिएको संयोजक केसीले बताए ।

उक्त घटनाबारे थप अनुसन्धान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?