+
+

विश्वभर ‘एनिमल’को उछाल, छैटौं दिनसम्म ५२७ करोड भारु कलेक्सन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १३:२३

काठमाडौं । रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ले विश्वभर उछाल कमाइ गरेको छ । यो फिल्मले ६ दिनसम्म विश्वब्यापी ५२७.६० करोड ग्रस कमाएको जनाइएको छ ।

फिल्मले ६ दिनमा भारतीय बक्स अफिसमा ३१४.५० करोड नेट भारु कमाइ गरेको ब्यापार विश्लेषक तरण आदर्शले उल्लेख गरेका छन् । जसमध्ये हिन्दी संस्करणमा २७८.४६ करोड भारु र दक्षिण भारतीय भाषामा ३६.०४ करोड नेट भारु छ ।

यो फिल्मले नेपालमा ६ दिनमा कम्तीमा ५ देखि ६ करोडबीचको नेरु ग्रस हाराहारीमा कमाइ गरेको अनुमान छ । यद्यपि, नेपालको आधिकारिक कमाइ आइसकेको छैन । बिहीवार पनि फिल्मको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा छ जुन निकै आक्रामक हो । यो गतिमा अघि बढे फिल्मले नेपालमा शाहरुख खानका अघिल्लो फिल्म ‘जवान’लाई उछिन्ने प्रक्षेपण गरिएको छ ।

‘एनिमल’ विश्वब्यापी ५ सय करोड भारु कमाउने कपुरको दोस्रो फिल्म हो । यसअघि ‘सञ्जु’ले त्यो आँकडा तय गरेको थियो । खासगरि उत्तर अमेरिका र अष्ट्रेलियामा फिल्मले उछाल कमाइ गरिरहेको पिंकभिल्लाले जनाएको छ । ३ मिलियन अष्ट्रेलियन डलर कमाउँदै यो फिल्म अष्ट्रेलियामा सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?