+
+

भारतीय संसदमा ‘एनिमल’को मुद्दा उठ्यो, हिंसाको चित्रणप्रति सांसदको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १७:१४

काठमाडौं । सन्दीप रेड्डी भांगा निर्देशित हिन्दी फिल्म ‘एनिमल’लाई लिएर जनमत विभाजित छ । एकातिर यसले बक्स अफिसमा धमाका गरिरहेको छ भने अर्कोतिर ‘विषाक्त पुरुषत्व’को महिमामण्डन गरिएको भन्दै आलोचित पनि छ ।

अब यो विवाद भारतको संसदमा समेत प्रवेश गरेको छ । बिहीवारको राज्यसभा बैठकमा रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’को मुद्दा उठ्यो । कांग्रेस सांसद रञ्जित रन्जनले ‘एनिमल’मा चित्रण गरिएका हिंसाप्रति आपत्ति जनाएकी छन् ।

आफ्नी छोरीले अपराधिक कथावस्तुको यो फिल्म हेरेपछि रोएको उनले संसदमा बताइन् । भारतीय टिभी आजतकका अनुसार उनले संसदमा भनेकी थिइन्- सिनेमा समाजको ऐना हो । हामी सिनेमा हेरेर हुर्केका छौं र यसले युवालाई प्रभाव पार्न सक्छ । पहिले कबिर सिंह र पुष्पा जस्ता फिल्म थिए, अहिले एनिमल छन् । मेरी छोरी आफ्ना कलेजका साथीसँग फिल्म हेर्न गइन्, र बीचबाटै बाहिर निस्किन् किनभने किनभने उनी डराएर रोइरहिन् ।’

यो फिल्मले महिलामाथि हुने हिंसालाई देखाउने र युवा वर्गमा असर पार्न सक्ने उनले बताइन् । ‘कविर सिंहलाई हेर्नूस, उसले आफ्नी पत्नी, मानिस र समाजसँग कस्तो व्यवहार गर्छ ? तर, फिल्मले उसको कामलाई उचित ठह¥याउँछ । मान्छेले उसलाई रोल मोडल मान्न थालेका छन् । हामीले फिल्ममा देखेको हुनाले समाजमा पनि यस्तो हिंसा देखिरहेका छौं ।’ उनले फिल्ममा ‘अर्जन भैली’ गीतको प्रयोगको पनि आलोचना गरिन् । उक्त पञ्जाबी युद्ध गानलाई एउटा दृश्यमा बजाइएको छ जहाँ रणबीर कपूरको चरित्र हिंसात्मकरुपमा प्रस्तुत हुन्छ ।

उनले अघि भनिन्- जहाँसम्म ‘अर्जन भैली’ को सवाल छ, शिख फोर्सका कमाण्डर–इन–चीफ हरिसिंह नलवा, जसले मुगल र अंग्रेजविरुद्ध लडे, उनका छोरा अर्जन सिंह नलवा थिए । उनले विभाजनअघि पाकिस्तानको गुजरनवालाबाट धेरै मुस्लिमलाई बचाए । फिल्मले उक्त ऐतिहासिक गीतलाई गैंग वारको परिवेशमा प्रयोग गरेको छ र यसले धार्मिक भावनामा चोट पुर्‍याउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?