+
+

‘एनिमल’ बन्यो धेरै कमाउने सातौं भारतीय फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १३:०८

काठमाडौं । रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपालसहित भारत र विश्वभर उत्कृष्ट कमाइ गरिरहेको छ । १० दिनसम्म यो फिल्मले भारतीय बक्स अफिसमा ४३४.०२ करोड नेट कमाएको छ ।

जसमध्ये हिन्दी संस्करणमा मात्र ३३८.३८ करोड भारु नेट र दक्षिण भारतीय संस्करणमा ४५.६५ करोड नेट कमाइ गरेको उल्लेख छ । १० दिनमै सन्दीप रेड्डी भांगा स्टारर फिल्मले विश्वभर ‘७१७.४६ करोड नेट भारु कमाएको छ ।

शाहरुख खानको ‘जवान’पछि ‘एनिमल’ छिटो ४०० करोड कमाउने दोस्रो बलिउड फिल्म बनेको छ । कोइमोइ डटकमका अनुसार यो फिल्म भारतीय फिल्मको इतिहासमा धेरै कमाउने सातौं फिल्म समेत बनेको छ ।

डिसेम्बर १ मा रिलिज भएको फिल्मलाई मिश्रित समीक्षा प्राप्त भयो । तर, लक्षित दर्शकीय वर्ग १८ देखि ३५ उमेर समूहले रुचाएकाले कमाइ राम्रो गरेको विश्लेषण छ । सामाजिक संजालमा यसबारे चलेका बहसको कारण पनि दर्शक ठूलो पर्दामा अनुभव लिन उत्साहित देखिएका छन् ।

दोस्रो आइतबार यो फिल्म ४०० करोड क्लबमा प्रवेश गरेको हो । यसको कमाइको गति तत्काल रोकिने देखिँदैन । ‘एनिमल’ले ‘बाहुबली : द बिगिनिङ’को लाइफटाइम कलेक्सन (४१८ करोड भारु), ‘२.०’को (४०८ करोड भारु) र ‘दंगल’को (३८७.३८ करोड भारु)लाई समेत उछिनेको छ ।

एनिमल धेरै कमाउने सूचीको सातौं स्थानमा प्रवेश गर्दा रजनीकान्तको ‘जेलर’ (३४५ करोड भारु) भने सूचीबाट बाहिरिएको छ । केही दिनमै एनिमलले ‘गदर २’को कमाइलाई उछिन्ने देखिन्छ । मंगलबारसम्म धेरै कमाउने भारतीय शीर्ष १० भारतीय फिल्मको सूची यस्तो छ :

१) बाहुबली : द कन्क्लुजन– १०३१ करोड भारु
२) केजीएफ : च्याप्टर २– ८५६ करोड भारु
३) आरआरआर –७७२ करोड भारु
४) जवान– ६४०.४२ करोड भारु
५) पठान– ५४३.२२ करोड भारु
६) गदर २– ५२५.५० करोड भारु
७) एनिमल– ४३४ करोड भारु
८) बाहुबली : द बिगिनिङ– ४१८ करोड भारु
९) २.०– ४०८ करोड भारु
१०) दंगल– ३८७.३९ करोड भारु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?