+
+

‘एनिमल’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म, ‘पठान’भन्दा १४ करोडले पछाडि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते २१:२६

काठमाडौं । रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ले प्रदर्शनको २० दिनमा भारतीय बक्सअफिसमा ५ करोड भारु कमाएको छ । बलिउड कमाइको ट्रयाकर सक्निल्कका अनुसार फिल्मको कूल कमाइ ५२८.६९ करोड भारु पुगेको छ ।

योसँगै ‘एनिमल’ले भारतमा सन्नी देओल स्टारर फिल्म ‘गदर २’ को कमाइलाई उछिनेको छ । ‘गदर २’ले भारतीय बक्सअफिसमा ५२५.४५ करोड भारु कलेक्सन गरेको थियो ।

हिन्दी संस्करणमा धेरै कमाउने फिल्मको शीर्ष स्थानमा ६४३.८७ करोड भारुसहित ‘जवान’ छ । दोस्रो स्थानमा रहेको ‘पठान’को कूल कमाइ ५४३.०५ करोड भारु छ । सूचीको तेस्रो स्थानमा ‘एनिमल छ’ छ ।

अब ‘एनिमल’को नजर ‘पठान’को कीर्तिमान तोड्नेतिर उन्मुख छ । तर, यसका लागि सजिलो भने छैन किनभने यसका लागि फिल्मले थप १४ करोड ३६ लाख भारु कमाउनुपर्नेछ । अब ‘डंकी’ र ‘सलार’जस्ता डिङ्की र नयाँ रिलिज भएको यो बेला एनिमलले कति कमाउँछ, त्यो हेर्न बाँकी छ ।

बुधबार देशभर फिल्मको हिन्दी शोको अकुपेन्सी ११ दशमलव ५८ प्रतिशत थियो । यो फिल्मको विश्वव्यापी कलेक्सन ८४७.७० करोड भारु पुगेको छ । तर, अब डंकी र सलार रिलिज भएपछि यो फिल्मको कलेक्शनमा केही कमी आउन सक्छ ।

अर्कोतर्फ, विक्की कौशलको फिल्म ‘सामबहादु’रले रिलिजको २० औं दिनमा भारतमा १ करोड ५० लाख भारु कलेक्सन गरेको छ । अहिलेसम्मको कूल कमाइ ८१ करोड २० लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?