+
+

सूर्य चम्कँदा प्रधानमन्त्री कपमा बागमतीको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १५:४८

२ माघ, काठमाडौं । स्पीनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा मधेश प्रदेशविरुद्ध ८६ रनको जित निकाल्दै बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि १९१ रनको लक्ष्य पछ्याएको मधेशको ब्याटिङ ध्वस्त पार्न बागमतीका सूर्य निकै महत्वपूर्ण रहे ।  उनले ९ ओभर बलिङ गर्दै ३ मेडनका साथमा ह्याट्रिकसहित ६ विकेट लिएपछि मधेश २९ ओभरमा मात्र १०४ रनमा अल आउट भयो ।

सूर्यले २९ औं ओभरको पहिलो बलमा रुपेश सिंहलाई २ रनमा बोल्ड गरे । दोस्रो बलमा राजेश यादवलाई विकेट किपर रबिन जोशीको हातबाट स्टम्पिङ्ग गराएका सूर्यले तेस्रो बलमा सांसद अन्सारीलाई प्रतिक श्रेष्ठको हातबाट क्याच आउट गराए । त्यसपछि २ बल डट फालेका सूर्यले रञ्जितकुमारलाई एलबीडब्लूको धरापमा पार्दै एकै ओभरमा ४ विकेट लिए ।

मधेशका पवन सराफले ४५ र मयन यादवले ३१ तथा निरज यादवले नट आउट १५ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोरो अंकमा रन नै बनाउन सकेनन् । सूर्यलाई बलिङमा राम्रो साथ दिँदै बागमतीका लागि प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।

बागमतीका लागि प्रतिश जिसीले सर्वाधिक ५९ रन बनाए । उनले ५५ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे । रविन जोशीले २१ र ओपनर इशान पाण्डेले १५
रन बनाएका थिए ।

मधेशका लागि रुपेश सिंह र अरनिको यादवले समान २/२ विकेट लिए । राजेश यादव, रञ्जित कुमार, हरिशंकर शाह र पवन सर्राफले १/१ विकेट लिए ।

मधेशको यो दोस्रो हार हो । यसअघिे कोशी प्रदेशमाथि भने ७ विकेटको जित हात पारेको मधेश आर्मीसँग १२६ रनले पराजित भएको छ । बागमतीले भने नेपाल पुलिस क्लब र एपीएफसँग हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?