+
+

नेपालमा फिल्म ‘हनुमान’को प्रदर्शनबाट उठेको केही रकम अयोध्या पठाइने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १७:००

काठमाडौं । अहिले भारतमा निकै चर्चा पाइरहेको फिल्म ‘हनुमान’ आगामी शुक्रबार नेपालमा पनि रिलिज हुँदैछ । प्रशान्त बर्मा निर्देशित फिल्मले भारतीय बक्सअफिसमा चार दिनमा ५५ करोड भारु कमाएको छ ।

यस्तोमा, नेपाली वितरण कम्पनी ब्यांकटेश इन्टरटेनमेन्टले यो फिल्मलाई नेपाल ल्याउन लागेको हो । यति मात्र हैन, वितरकले नेपालमा फिल्मको कमाइको केही हिस्सा अयोध्याको राममन्दिरमा पठाउने घोषणा गरेका छन् ।

वितरक मनोज राठीले बिक्री भएको एक टिकट बराबर ५ रुपैयाँ अयोध्या पठाउने निर्णय भएको बताए । ‘जनकपुरको जानकी मन्दिरमार्फत अयोध्या संकलित रकम पठाउँदैछौं’ राठीले भने, ‘फिल्म उत्रिसकेपछि एकमुष्ट रकम पठाउन लागिएको हो ।’

फिल्म चलेबापत दैनिक अयोध्या पठाइने रकम पनि सार्वजनिक गरिने जानकारी पनि उनले दिए । ‘रामभक्त हनुमानप्रतिको श्रद्धाको कारण हामीले यस्तो पहल लिएका हौं’ उनले भने ।

तेजा सज्जा र अमृता एयरको शीर्ष भूमिका रहेको यो फिल्म शुक्रबार नेपालब्यापी प्रदर्शन गर्न लागिएको ब्यांकटेशले जनाएको छ । जनवरी २२ मा राम जन्मभूमिमा बनाइएको राममन्दिरको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ ।

फिल्म ‘हनुमान’को प्रदर्शनबाट उठेको निश्चित रकम भारतका केही हलले पनि अयोध्या पठाएका समाचार आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?