+
+
फ्राइडे रिलिज :

साउथ फिल्म ‘हनुमान’ र हलिउडको ‘बिकिपर’ हलमा लागे

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १३:४९

काठमाडौं । नेपाली हलमा विदेशी फिल्मको दबदबा जारी रहँदा शुक्रबार ‘हनुमान’ र ‘द बिकिपर’ रिलिज भएका छन् ।

प्रशान्त बर्मा निर्देशित ‘हनुमान’ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । तेजा सिज्जा स्टारर यो एक्सन–एड्भेन्चर ड्रामालाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गरेको हो ।

अन्जान्दरी नामक एक काल्पनिक थलोमा फिल्मको मुख्य पात्रले हनुमानबाट शक्ति प्राप्त गर्छ । त्यसपछि उसले अन्जान्दरीका लागि संघर्ष गर्छ । एक्सन फिल्ममा रुचि राख्नेका लागि यो फिल्म दर्शनीय हुनसक्छ ।

शुक्रबार नै नेपालमा प्रतीक्षित हलिउड फिल्म ‘द बिकिपर’ पनि रिलिज भएको छ । जेसन स्थाथम स्टारर यो एक्सन थ्रिलर फिल्मलाई डेभिडर आयरले निर्देशन गरेका हुन् ।

एक शक्तिशाली र गुप्त संगठनको पूर्वसञ्चालक बिकिपर भएको खुलासापछि बदलाको लागि एक क्रूर अभियान सञ्चालन हुन्छ । मुलुकलाई नै जोखिममा राखेर यो मिसन चलाइन्छ । यो फिल्म थ्रिलर कथावस्तुमा छ ।

अहिले पनि नेपालमा द मिल्लर, मेरी क्रिसमस, डंकी, सलार र आक्वाम्यान पनि प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?