+
+

सुर्खेतको पञ्चपुरीमा १८ वर्षीय युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १८:१६

२ माघ, सुर्खेत । सुर्खेतको पञ्चपुरीमा एक १८ वर्षीय युवकको  हत्या भएको छ । पञ्चपुरी नगरपालिका-६ कुवापानीका भरत बुढाको मंगलबार राति १ बजे हत्या भएको प्रहरीले जनाएको छ  ।

ती यूवकलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

‘शरीरभरि चोट छ, धारिलो हतियार प्रयोग गरेर हत्या भएको देखिन्छ’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘हामी अनुसन्धनको करिब करिक नजिक पुगिसकेका छौं ।’

घटना शंकास्पद देखिएपछि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए । ‘घटना अलि शंकास्पद नै छ । कुकुरसहितको टोली खटिएको छ,’ उनले भने ।

घटनाको बारेमा अनुसन्धान जारी रहे पनि अहिलेसम्म शंकास्पद व्यक्तिविरुद्ध जाहेरी भने आइनसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?