+
+

६ महिनामा सवा २२ अर्ब प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १८:३७

२ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा २२ अर्ब ३३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म कुल २ सय २६ उद्योग–प्रतिष्ठान स्थापनाको प्रतिबद्धता प्राप्त भएको छ । जसमा कुल २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँबराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

पुसमा मात्र २७ प्रस्ताव प्राप्त भएको विभागले जनाएको छ । यस अवधिमा ‘सेयर पर्चेज एग्रिमेन्ट’ मा २८ प्रस्ताव आएका छन् । जसमा ४ अर्ब १ कराड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागको भनाइ छ । यस अवधिमा प्रविधि हस्तान्तरणका ३१ प्रस्ताव प्राप्त भएका छन् ।

पर्यटनमा आकर्षण

प्रत्यक्ष वैदेशिक लगानीको ठूलो हिस्सा पर्यटनमा आइरहेको पाइएको छ । ६ महिनामा आएका कुल प्रस्तावमध्ये १ सय ३ वटा पर्यटनमा छन् । यो ४५ प्रतिशत हो । सेवा क्षेत्रमा ८३ प्रस्ताव आएका छन् । यो ३७ प्रतिशत हो ।

त्यस्तै निर्माणमा २३ प्रस्ताव आएका छन् । यो १० प्रतिशत हो । सूचना–प्रविधिमा ७ प्रस्ताव आएका छन् । यो ३ प्रतिशत हो । कृषि र पूर्वाधारमा ४/४ प्रस्ताव आएको विभागले जनाएको छ । यो वर्ष साउनको तुलनामा पुसमा सबैभन्दा धेरै प्रस्ताव प्राप्त भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?