+
+

विज्ञको सुझाव : भूकम्प प्रभावित क्षेत्रमा ‘आफ्नो घर आफैं बनाऔं’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १२:२५

३ माघ, काठमाडौं । भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विज्ञको टोलीले सरकारलाई सहयोग गर्ने गरी सुझाव प्रतिवेदन तयार गरेको छ ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १५७ जनाको ज्यान गएको थियो । ६५ हजार घर कुनै न कुनै रुपमा क्षति भएको टोलीले प्रतिवेदनमा उल्लेख गरेको छ । भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणका लागि सुझाव प्रतिवेदन विज्ञको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माको संयोजनमा योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल, पुनर्निर्माण प्राधिकरणका तत्कालीन सीईओ सुशील ज्ञवाली, पुल्चोक इन्जिनिरिङ क्याम्पसका सहप्राध्यापक हरेराम पराजुली लगायतले सुझाव प्रतिवेदन तयार गरेका थिए । राज्यका निकाय र विषय विज्ञसँगको अन्तक्रिया गरेर प्रतिवेदन तयार गरिएको थियो ।

भूकम्पले क्षतिग्रस्त बनेका घरको निर्माण ‘आफ्नो घर आफैं बनाऔं’ मोडल मार्फत गर्न सुझाव दिइएको छ । घर दैलोमा प्राविधिक सहयोग गर्ने र प्राविधिक परीक्षणका आधारमा तीन किस्तामा आवास निर्माणको अनुदान उपलब्ध गराउन सरकारलाई सुझाव दिइएको छ ।

पुनर्निर्माणका कार्यका लागि राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पुनर्निर्माण प्राधिकरण जस्तै गरी प्रधानमन्त्री कार्यालय मातहत ल्याउन राय दिइएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?