+
+

चितवन मेडिकल कलेजले सञ्चालन गर्न थाल्यो हेटौडाको चुरे हिल अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १७:३१

३ माघ, चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले हेटौंडाको चुरे हिल अस्पताल सञ्चालन गर्न सुरु गरेको छ । कलेजले चुरे हिल अस्पतालमा ६० प्रतिशत लगानी गरेर आज बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याएको हो ।

कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपाने सिएमसीको व्यवस्थापनमा अस्पताल सञ्चालनको शुभारम्भ गरिएको जानकारी दिए ।

उनका अनुसार मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही लगायतका पूर्वका जिल्लाका बिरामीलाई उपचारमा थप सहजता होस् र भरतपुर नै आउनुपर्ने बाध्यता नहोस् भनेर चुरे हिल अस्पताल रोजेर सञ्चालनमा ल्याइएको हो ।

पूर्व पश्चिम राजमार्गमा नै रहेको अस्पतालमा राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेहरुको तत्काल उद्दार तथा उपचारका लागि समेत सहज हुने गरी अस्पताल सञ्चालन गरिने डा. न्यौपानेले बताए । चुरे हिलमा पुराना लगानीकर्ताको ४० प्रतिशत लगानी रहनेछ ।

सिएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले तत्काल अस्पताल २५ बेडमा सञ्चालन हुने भए पनि छिट्टै एक सय बेडमा जाने गरी तयारीसहित व्ष्वस्थापन लिइएको बताए ।

उनका अनुसार अस्पतालको नयाँ व्यवस्थापनले लिए लगत्तै इमर्जेन्सी, प्रयोगशाला, शल्यक्रिया, प्रसुती, ट्रमा, फार्मेसी, अन्तरंग लगायतका सेवाहरु २४ सैं घण्टा सञ्चालन हुनेछन् ।

अस्पतालमा अत्याधुनिक आइसीयू (सर्जिकल आइसीयू र मेडिकल आइसियू), पोष्टअप, आधुनिक अप्रेशन कक्ष र चितवन मेडिकल कलेजकै सुविधा हुने गरी अन्य व्यवस्थापन गरिने देवकोटाले बताए ।

ट्रमा, न्यूरो सर्जरी, अर्थोपेडिक्स सर्जरी, जनरल सर्जरी, प्रसुती, मुटु, स्त्री तथा प्रसुती, बाल रोग लगायतका सम्पूर्ण सेवा उपलब्ध चुरे हिलमा नै उपलब्ध हुने देवकोटाले बताए ।उपचार सेवालाई गाउँ गाउँसम्म विस्तार गर्ने अस्पतालको नीति अनुसार चुरे हिल अस्पताल लिइएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।

चितवन मेडिकल कलेजले देशका प्रमुख ठाँउमा स्याटलाइट अस्पताल चलाउने सोच बनाएको कलेजका प्रवन्ध निर्देशक डा. हरिस न्यौपानेले बताए । चुरे हिलमा अस्पतालले चाडैं नैं नर्सिङ विषयको पठनपाठन गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?