+
+
Shares

प्रदेश सरकार सुर्खेत विमानस्थल विस्तार गर्न तयार छ : मुख्यमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १९:१६

३ माघ, सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेत विमानस्थलको विस्तार गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । बुधबार वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिसँगको भेटमा उनले सुर्खेतको अहिले भइरहेको विमानस्थलकै विस्तार र स्तरोन्नती गर्नुपर्ने बताए ।

‘सुर्खेतमा अहिले नयाँ नभई भइरहेको विमानस्थलको विस्तार र स्तरोन्नती गर्न आवश्यक छ । त्यसो गर्दा काम छिटो हुन्छ । लागत कम पर्छ’, मुख्यमन्त्री शर्माले भने, ‘हामी सबै पक्षको सहयोग लिएर काम अगाडि बढाउन तयार छौं ।’

वीरेन्द्रनगर नगरपालिकाले केही दिनअघि विमानस्थल विस्तारका विषयमा कार्यपालिकामार्फत गरेका निर्णयसहित मुख्यमन्त्री शर्मालाई ज्ञापनपत्र बुझाएको छ ।

नगरप्रमुख मोहनमाया ढकालले विगतको निर्णयलाई सच्याउँदै विस्तारका लागि नगरपालिका सहयोग गर्न तयार भइरहेको बताएकी छिन् । ‘यसअघि अघिल्लो कार्यकालमा यो विमानस्थलको विकल्प खोज्न आग्रह गरेका थियौं । तर, अहिले उक्त निर्णय सच्याउँदै विस्तारको पक्षमा पालिकाले सहयोग गर्ने निर्णय नै गरेका छौं’ नगरप्रमुख ढकालले भनिन् ।

प्रदेश सरकारले २०७६ सालदेखिनै विमानस्थल विस्तारका लागि पहल गरेपनि स्थानीय जनता र सुर्खेतका नेताहरुले साथ नदिएपछि पछि हटनु परेको मुख्यमन्त्री शर्माले बताए ।

उनले चालु आर्थिक वर्षमा भने विमानस्थल विस्तारका लागि बजेट नरहेको बताएका छन् । ‘यो आर्थिक वर्षमा प्रदेश सरकारले विमानस्थल विस्तारका लागि पैसा छुट्याएको छैन । तर आगामी आर्थिक वर्षबाट हामी आवश्यक बजेटपनि छुट्याउँछौं’, मुख्यमन्त्री शर्माले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?