+
+

ललितपुरमा बीवाईडीको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १२:५६

काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडीले ललितपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

बीवाईडी ललितपुरका लागि आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल प्रालिले सञ्चालनमा ल्याएको नयाँ शोरूमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एक कार्यक्रमका बीच गरेका छन् ।

बीवाईडीको विस्तार गर्ने रणनीतिमा नयाँ शाखा एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास कम्पनीले गरेको छ ।

सम्भावित खरिदकर्ता र ग्राहकहरुका लागि यसले ‘वान स्टप सोलुसन’ प्रदान गर्दछ, जहाँ एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसन समेत उपलब्ध हुने कम्पनीको भनाइ छ ।

नयाँ शोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ र भर्सटाइल बीवाईडी डल्फिन लगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारी साधन उपल्बध हुने र ग्राहकले ती सवारी साधनमार्फत अद्वितीय अनुभव समेत प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्घाटन कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड प्रकाश तुलाधरले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।

उनले भने, ‘यो सुविधाले हाम्रा अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गर्ने प्लेटफर्मको रूपमा मात्र काम गर्दैन, यस क्षेत्रमा दिगो यातायात अभ्यास प्रवर्द्धन गर्न एक हबको रूपमा समेत कार्य गर्दछ ।’

आगामी दिनमा छिट्टै ललितपुर क्षेत्रमा एक समर्पित ग्राहक सेवा केन्द्रको समेत स्थापना गरिने उनले बताए । जहाँ विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरुका लागि आवश्यक जानकारी र सहयोग प्रदान गर्न तालिम प्राप्त कर्मचारीहरु रहने छन् ।

कम्पनीका अनुसार यो नयाँ शोरुम सञ्चालनमा आएसँगै बीवाईडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?