+
+

हलिउड अभिनेता आर्नोल्ड स्वार्जेनेगर जर्मनीको एयरपोर्टमा तीन घण्टा नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १६:२३

काठमाडौं । विश्वचर्चित हलिउड अभिनेता तथा अमेरिकाको क्यालिफोर्निया राज्यका पूर्वगभर्नर आर्नोल्ड स्वार्जेनेगरलाई जर्मनीको म्युनिख विमानस्थलमा तीन घण्टा नियन्त्रणमा लिइएको छ ।

२६ हजार युरो मूल्य पर्ने महंगो घडीको स्रोत देखाउन असफल भएपछि उनलाई भन्सार अधिकारीहरुले नियन्त्रणमा लिएको सीएनएनले जनाएको छ । ७६ वर्षीय अभिनेता लस एन्जलसबाट म्युनिखतर्फ जाँदै थिए ।

अभिनेताले उक्त महंगो घडीलाई जलवायु संकटविरुद्धको च्यारिटीका लागि अक्सनमा बिक्री गर्ने तयारीमा थिए । भन्सार अधिकारीले स्वार्जनेगरको लगेज जाँच गर्दा महंगो घडी फेला पारेका थिए, जसलाई भन्सारको फारममा उनले खुलाएका थिएनन् ।

म्युनिखको मुख्य भन्सार कार्यालयका प्रवक्ताले भने, ‘हामीले आपराधिक कर कारवाही सुरु गरेका छौं । घडी आयात भएको हुनाले दर्ता गराउनुपर्थ्यो ।’ उक्त घडी आफ्नो जलवायु अभिनयलाई दान दिइएको र यसलाई आफूले अष्ट्रियाको स्की रिसोर्टमा आयोजित कार्यक्रममा लिलामी गर्न लागिएको बताएका थिए ।

जर्मनीको ट्याब्लोइड अखबार बिल्डका अनुसार अधिकारीले स्वार्जेनेगरलाई कर र जरिवाना समावेश गर्दै ३५ हजार युरो तिराइएको छ । अभिनेताले आफ्नो क्रेडिट कार्डबाट शुल्क तिर्न प्रस्ताव गरेको भनिएको छ, तर जर्मनीको भन्सार नियमअनुसार शुल्कको आधा रकम नगदमै तिर्नु आवश्यक छ ।

भन्सार अधिकारीले स्वार्जेनेगरलाई आफ्नो यात्रा जारी राख्न अनुमति दिनुअघि नगद झिक्न बैंकमा गएको बताइएको छ । भन्सारका प्रवक्ताले भने, ‘यदि सामानहरु ईयूमा रहन्छ भने तपाईंले भन्सारमार्फत यसको घोषणा गर्नुपर्नेछ । यो सबैमा लागू हुन्छ । चाहे तिनीहरुको नाम स्वार्जनेगर होस् वा मुलर, मेयर र ह्युबर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?