+
+

कैलालीमा लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १६:४५

४ माघ, धनगढी । कैलालीमा लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ गरिएको छ ।

बर्दगोरिया गाउँपालिका-६ को मुढाबाट बिहीबार संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका-४ बस्ने ३२ वर्षीय प्रेम चौधरी र भजनी नगरपालिका-८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक(सई) सुशिल चन्द र इप्रका सुखडको संयुक्त टोलीले उनीहरु सवार सु प प्र ०१००८ प ३५१२ नम्बरको मोटरसाइकलसहित १० किलो खपटा बरामद गरेको हो ।

खपटासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?