+
+

खुलामञ्चलाई खुल्लै रहन दिऊँ : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १४:१९

५ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले खुलामञ्चलाई खुल्लै राख्नुपर्ने बताएका छन् । खुलामञ्च मासेर फुटबल मैदान बनाउने विषय बाहिरिएपछि उनले सामाजिक सञ्जाल मार्फत यस्तो अपिल गरेका हुन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो । मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा ऋषिकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ ।’

उनले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आमजनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउनुपर्ने माग गरेका छन् ।

‘जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुलौं,’ उनले भनेका छन् ।

हिजोका आन्दोलनकारीहरू आज सत्तासिन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रका निम्ति शुभसंकेत नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?