+
+

प्रधानमन्त्री कपमा पहिलो पटक एकै संस्करणमा पाँच शतक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १७:४५

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो पटक एकै संस्करणमा पाँच शतक बनेका छन् । छैटौं संस्करणको प्रधानमन्त्री कप त्रिवि क्रिकेट मैदान कीर्तिपुर, मूलपानी र भैरहवामा जारी छ ।

प्रधानमन्त्री कपमा लिग चरणका ४५ मध्य १७ खेल सकिएका छन् । शुक्रबार बागमती प्रदेशका आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध १ सय ११ बलमा १६ चौका र २ छक्कासहित ११८ रनको शतकीय इनिङ खेले । जारी प्रतियोगितामा यो पाँचौं शतक हो ।

यसअघि पुलिसका राशिद खानले बागमती प्रदेशविरुद्ध १०६ रन, एपीएफका सन्दीप जोराले बागमतीविरुद्ध नै ११२, कोशीका सुजन थपलियाले पुलिसविरुद्ध १०५ र आर्मीका विनोद भण्डारीले मधेशविरुद्ध १ सय १३ रनको शतकीय इनिङ खेलेका थिए ।

विनोद बाहेक अन्य चार खेलाडीले पहिलो पटक आफ्नो करिअरमा शतक हानेका हुन् ।  प्रधानमन्त्री कपको इतिहासमा पहिलो पटक एकै संस्करणमा पाँच शतक बनेका हुन् ।

यसअघि २०१८ र २०२२ को संस्करणमा ४–४ शतक बनेका थिए ।

यसअघिका संस्करणमा प्रधानमन्त्री कप १० टोलीलाई दुई समूहमा विभाजन गर्दै सेमिफाइनल हुँदै फाइनलको रुपमा आयोजना हुने गर्दथ्यो ।

तर पहिलो पटक प्रधानमन्त्री कप राउन्ड रोविनको आधारमा भएको छ । शीर्ष दुई टोलीले फाइनल खेल्न पाउनेछन् । यसअघिका संस्करणमा एक टोलीले बढीमा ६ खेल खेल्न पाउँथे ।

अब लिगसँगै सबै टोलीले कम्तिमा ९ खेल खेल्न पाउनेछन् । फाइनल पुग्ने दुई टोलीले एक एक खेल बढी खेल्न पाउनेछन् ।

प्रधानमन्त्री कप र शतक

पहिलो संस्करण २०१७ – १ शतक

दोस्रो संस्करण २०१८ –४ शतक

तेस्रो संस्करण २०१९ –३ शतक

चौथो संस्करण २०२१ – २ शतक

पाँचौं संस्करण २०२२ – ४

छैटौं संस्करण २०२४ – हालसम्म ५ शतक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?