+
+

सुदूरपश्चिमलाई हराएपछि बागमतीको फाइनल खेल्ने संभावना कायम

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १५:३७

११ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल पुग्ने संभावना कायम राखेको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा जितका लागि २४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३०.३ ओभरमा १५० रनमा अल आउट भयो ।

सुदूरका नरेन भट्ट र किरण ठगुन्नाले समान ४१ रन बनाए पनि टिमको फराकिलो हार टार्न सकेनन् ।

बागमतीका सूर्य तामाङ र विपिन आचार्यले समान ३ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनायो ।

बागमतीका ओपनर आशुतोष घिरैयाले ६२ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन बनाए ।

कप्तान रित गौतम ६१ बलमा ९ चौकासहित ४४, ईशान पाण्डे २, रविन जोशी २४, अशोक पौडेल ३१, विपिन आचार्य १२, सुर्य तामाङ ९ र प्रतिश जि.सी १७ रनमा आउट भए ।

सोनु देवकोटा २० बलमा २ चौका र २ छक्कासहित २८ रनमा नट आउट रहे ।

सुदूरका शेर मल्लले १० ओभरमा १ मेडनसहित ५५ रन खर्चेर ३ विकेट लिए । नारायण जोशीले ८ ओभरमा ६८ रन खर्चेर ३ विकेट लिए । विकाश आग्रीले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । मिलन बोहराले १ विकेट लिए ।

८ खेल खेलेको बागमतीको यो पाँचौं जित हो उसको १० अंक भएको छ। ६ खेल खेलेको सुदूरपश्चिमको भने यो दोस्रो हार हो, सुदूरको ८ अंक छ । प्रतियोगितामा ५ खेलमा अपराजित पुलिसको १० अंक छ ।

१० टिम सहभागी प्रतियोगिताम राउण्ड रोबिन लिगपछि शीर्ष २ ले फाइनल खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?