
४ माघ, काठमाडौं । विश्व बैंकको सहायता र १६औं आवधिक योजनबीच तालमेल मिलाउन छलफल भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसबीच भेटवार्तामा यस्तो छलफल भएको हो ।
शुक्रबार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग हदादले भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा विश्व बैंकको ‘कन्ट्री पार्टनरसिप फ्रेमवर्क’ (सीपीएफ) र नेपालको १६औं विकास योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ ।
आयोग उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औं योजना पूर्वाधार, सामाजिक क्षेत्रलगायत खासगरी उत्पादन र रोजगारीमा केन्द्रित हुने बताए ।
श्रेष्ठले विकासका लागि भएका संरचनात्मक समस्या पहिचान गरी समाधान गर्न १६औं योजनाले विशेष ध्यान दिने बताए ।
विश्व बैंकलगायत विकास साझेदारले नेपाललाई गरेको सहयोगका लागि श्रेष्ठले धन्यवाद दिए ।
प्रतिक्रिया 4