+
+

यी हुन् जनवरीमा नेटफ्लिक्समा हेर्न सकिने १० उत्कृष्ट फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १४:३३

काठमाडौं । अंग्रेजी महिना जनवरी चलिरहँदा नेटफ्लिक्सले दर्शकको कल्पना खिच्न र उत्साह जगाउन नयाँ र रोचक फिल्महरु रिलिज गरिरहेको छ । विविध जनराका फिल्मले पक्कै पनि दर्शकलाई आकर्षित गर्नेमा दुईमत छैन ।

नेटफ्लिक्सको जनवरी लाइनअप महिना सकिंदासम्म अझै रोचक हुने अनुमान छ । जसमा विश्वभर राम्रो कमाइ गरिरहेको भारतीय फिल्म ‘एनिमल’ जनवरी २६ मा प्रदर्शनको तयारीमा छ ।

फोर्ब्स म्यागजिनले जनवरीमा नेटफ्लिक्समा हेर्न सकिने उत्कृष्ट १० फिल्मको लाइनअप सार्वजनिक गरेको छ । जसको शीर्षस्थानमा रहेको ‘द किचन’ले सन् २०४० को ध्वस्त लण्डन सहरको परिकल्पनाको कथा पस्किएको छ, जहाँ सहर धनीको कब्जामा छ भने कम भाग्यशाली दासजस्तै जीवन बाध्य छन् ।

दोस्रो स्थानमा रहेको सीन बेकर निर्देशित ‘फ्लोरिडा प्रोजेक्ट’ले निपूर्णतापूर्वक बाल्यकालको निर्दोषपनलाई पृष्ठभूमिमा कैद गर्छ, जहाँ अमेरिकामा नदेखिएका घरबारविहीन कुनै घरको कुनामा शरण लिइरहेका छन् ।

जेए बयोना निर्देशित ‘सोसाइटी अफ द स्नो’ यसपटक ओस्कार अवार्डको दाबेदार फिल्म हो । कसरी जीवनमा आइपर्ने खतरा र बाधालाई चुनौती दिंदै मानिसले अविश्वसनीय शक्ति जम्मा गर्न सक्छन् भन्ने कुराको गहिरो विवरण यो फिल्मले पेश गर्छ । यो फिल्मले उरुग्वेको रग्बी टोलीको कष्टदायी परीक्षालाई चित्रण गर्छ । जसले एन्डिस पर्वतमा विमान दुर्घटना भएपछि त्रासदीको सामना गर्नुपरेको थियो । उनीहरुले बाँच्नको लागि अकल्पनीय विकल्पको सामना गर्न बाध्य हुनुपर्छ ।

चौथो स्थानमा रहेको ‘ब्रल इन सेल ब्लक ९९’ अर्को दर्शनीय फिल्म हो । एस क्रेज जलेरको निर्देशनले हामीलाई यस्तो संसारमा लैजान्छ जहाँ जेलको सबैभन्दा घातक क्षेत्रमा बाँच्नका लागि एक पूर्वबक्सरले संघर्ष गरिरहेको छ । जहाँ हरेक पल जीवित रहने एक खालको लडाइँ छ ।

फिल्मको डरलाग्दो यथार्थवाद र जलेरको अद्वितीय निर्देशन कलाले सिनेमालाई एक विशिष्ट आकार दिन्छ । भिन्स भगनले आफ्नो शक्तिशाली अभिनयमार्फत दर्शकलाई उद्देलित तुल्याएका छन् ।

पाँचौं स्थानमा रहेको फिल्म ‘साइलेन्ट नाइट’ अर्को एक फिल्म हो, जसले बिदाको दिनलाई सेलिब्रेसन गर्ने राम्रो बहाना प्रदान गर्छ । केइरा नाइटली र म्याथ्यु गुडले यो डार्क कमेडी फिल्ममा आफ्नो अभिनय कौशल प्रदर्शन गरेका छन् ।

बिदाको दिनमा आफू अगाडि संकट आइपर्दा कसरी परिवार भावनात्मकरुपमा एकत्रित हुन्छन् र परिस्थितिसँग लड्छन् भन्ने कथावस्तु यसले पेश गर्छ ।

‘मम्मा मिया’ जनवरी लाइनअपमा नेटफ्लिक्समा हेर्न सकिने अर्को सुन्दर फिल्म हो । जीवन्त र हृदयस्पर्शी यो फिल्ममा मेरिल स्ट्रिप, अमान्डा सेफ्राइड र पियर्स ब्रोन्सनको अभिनय छ । हराएको बुबा खोज्न हिंडेकी छोरीको कथाले मुटु धड्काउँछ ।

डेन्जल वासिङ्टन अभिनित ‘इक्वलाइजर ३’ अर्को बलियो फिल्म हो । यो फिल्ममा उनले रोबर्ट म्याक्कलको भूमिकामा अभिनय गरेका छन् । दक्षिण इटालीको रमणीय पृष्ठभूमिमा सेट गरिएको यो फिल्मले सरकारी जागिर छाडेर स्थानीय माफियाको ग्याङमा मिसिएको एक पात्रको कथा भन्छ ।

एन्जेलिना जोली अभिनित ‘दोज हु विस मी डेड’ सूचीको अर्को फिल्म हो । फिल्मले दर्शकलाई सिटको किनारामा हुत्याउँछ, जहाँ जीवन नै जोखिममा पर्ने सस्पेन्सको बीचमा मुख्य पात्रले संघर्ष गर्नुपर्छ । मोन्टानाको डरलाग्दो जंगलको आगोको बीचमा जोलीले बिरालो र मुसाको घातक खेलमा फसेको पात्रको भूमिका निर्वाह गरेकी छन् । खतरामा परेको बच्चालाई जोगाउन उनले आफ्नै अतीतसँग लड्नुपर्छ ।

टम हुपर निर्देशित ‘क्याट्स’ एन्ड्रयू लोयड वेबरको प्रतिष्ठित संगीतलाई फिल्मको कथामा रुपान्तरण गरिएको एक फिल्म हो । जुडी डेन्च, इड्रिस एल्बा, टेलर स्विफ्ट र जेनिफर हडसन सबैले आफ्नो बिरालोको अहमतालाई प्रतिविम्बित गर्दै अभिनय गरेका छन् । एक काल्पनिक संसारको पृष्ठभूमिमा सेट गरिएको कथामा जेलिकल बिरालोहरु एक मन्त्रमुग्ध साँझमा भेला हुन्छन् । उनीहरु अब कुन नयाँ अस्तित्वमा आफूहरुको पुनर्जन्म हुनेछ भनेर छलफल थाल्छन् ।

‘क्वीनपिन्स’ सूचीको अर्को महत्वपूर्ण फिल्म हो । यसले हाँसो र चोरीको कथालाई मिश्रण गरेको छ । दुई साथीहरुको मित्रता र रचनात्मकताको कथावस्तु यसमा प्रस्तुत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?