+
+

मीन भाम निर्देशित ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १६:४५

काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।

सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । कार्यक्रममा बर्लिन फिल्म फेस्टिभलको लाइनअपको घोषणालाई प्रत्यक्ष रुपमा देखाइएको थियो भने फिल्मको पोस्टरसमेत सार्वजनिक गरियो । भामको पहिलो फिल्म ‘कालोपोथी’ नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो भने भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो ।

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिंडेको कथा फिल्मले प्रस्तुत गर्छ । फिल्मलाई भाम र अविनाशविक्रम शाहले मिलेर लेखेका हुन् ।

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । फिल्मले थुप्रै  अन्तर्राष्ट्रिय ‘ग्रान्ड’ जितिसकेको छ । डोल्पामा छायांकन गरिएको यो फिल्मको बजेट करिब १४ करोड रुपैयाँ रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?