+
+

पार्किङ खोल्न काठमाडौं मल पुगेको नगर प्रहरीविरुद्ध नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १७:१८

८ माघ, काठमाडौं । काठमाडौंको सुन्धारास्थित काठमाडौं मलको भुइँ तलामा रहेको पार्किङ खुला गर्न पुगेको नगर प्रहरीविरूद्ध  व्यवसायीहरूले नाराबाजी गरेका छन् ।

महानगरपालिकाले मलको पहिलो तला खाली गर्न भन्दै सोमबार दिउँसो माइकिङ गरेको थियो, जसको विरोधमा व्यवसायीहरुले नगर प्रहरी विरुद्ध नाराबाजी गरेका हुन् ।

कर्मचारी सञ्चय कोषबाट सञ्चालित मलको भुइँ तलामा पार्किङका लागि स्थान बनाउनुपर्ने भन्दै महानगरले ताकेता गरेको थियो ।

मलका तर्फबाट कानुन व्यवसायीहरुले २६ पुसमा उच्च अदालत पाटन इजालसबाट अल्पकालीन अन्तरिम आदेश ल्याएका थिए ।

उक्त आदेश कायमै रहेको बेला महानगरपालिकाका नगर प्रहरी काठमाडौं मलको भुइँ तला खाली गर्न पुगेपछि व्यवसायी आक्रोशित भएका हुन् ।

व्यवसायीहरुको चर्को विरोधपछि नगर प्रहरीको टोली पछाडि हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?