+
+
Shares

सुकुमबासी बस्तीका १० जनालाई एकैसाथ नागरिकता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १०:५३

९ माघ, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले सकुमबासी मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता प्रदान गरेको छ ।

अशिक्षा गरिबीको कारण लामो समयदेखि नागरिकताबाट बञ्चित क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियाका सुकुमबासी बस्तीका मुसहरहरुलाई प्रशासनले नागरिकता प्रदान गरेको हो ।

जसमा सबभन्दा बढी ४८ वर्षको उमेरमा नागरिकता पाएका छन् मोतीलाल सदाले । त्यस्तै बस्तीकै अनिता कुमारी सदा, इन्द्र रेखा सदा, विनिता कुमारी सदा, लरुवती देवी सदा, सरिता सदा, रामबाबु सदा, दिपेन्द्र सदाले नागरिकता पाएका हुन् ।

केही दिनअघि सो बस्तीनजिक एक कार्यक्रममा जाँदा सुकुमबासी बस्तीका उनीहरु लामोसमयदेखि नागरिकता नपाएको, कार्यालयमा गए पनि कागजी प्रक्रिया पूरा गर्न नसक्दा वञ्चित रहेको गुनासोपछि कार्यालयमै बोलाएर नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले जानकारी दए ।

उनका अनुसार यसरी छुटेका १७ जनाले नागरिकताको लागि कागजात पेस गर्दा कानुनी प्रक्रिया पूरा गरी १० जनालाई प्रदान गरिएको छ । थप ७ जनाको प्रक्रिया पुर्‍याएर छिट्टै नागरिकता दिने प्रजिअ पाण्डेले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?