+
+

दीपिकाले हलिउड सिरिज ‘द ह्वाइट लोटस’मा अभिनय गर्न लागेकी हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १२:३७

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले पुनः हलिउडमा काम गर्न लागेको चर्चा सुरु भएको छ । उनले चर्चित एचबीओ सिरिज ‘द ह्वाइट लोटस’मा काम गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा उनले जेनिफर कुलिज थियो जेम्स र अब्रे प्लाजाजस्ता चर्चित स्टारसँग स्क्रिन सेयर गरेको देख्न सकिन्छ । तर यसबारे निर्माता र दीपिका स्वयंले स्वतन्त्र पुष्टि गरेका छैनन् ।

पादुकोणकी सासू अञ्जु भवनानीले एक सामाजिक सञ्जालको पोस्टलाई सेयर गरेपछि बुहारी दीपिकाले ‘द ह्वाइट लोटस ३’ मा भाग लिने अड्कलबाजी सुरु भएको थियो ।

‘द ह्वाइट लोटस’ एमी अवार्ड विजेता श्रृंखला हो । यसका अघिल्ला श्रृंखलामा थियो जेम्स, जेनिफर कुलिज र औब्रे प्लाजा जस्ता स्टार सहभागी थिए । दीपिकाले यसअघि विन डिजेलसँगको फिल्म ‘एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज’बाट हलिउडमा डेब्यु गरेकी थिइन् ।

कामको कुरा गर्ने हो भने दीपिका ऋतिक रोशनसँग ‘फाइटर’मा देखिनेछिन् । यसमा अनिल कपुर, करण सिंह ग्रोवर र सञ्जीदा शेख पनि छन् । फिल्म शुक्रबार रिलिज हुँदैछ । यसबाहेक दीपिकासँग प्रभासको अभिनय रहेको ‘कल्कि २८९८ एडी’ पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?