+
+

पहिलो सन्तानलाई स्वागत गर्दै दीपिका र रणवीर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते ११:३४

काठमाडौं । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । सामाजिक संजालमार्फत अभिनेत्री पादुकोणको गर्भावस्थाबारे जानकारी दिइएको हो ।

दीपिकाले इन्स्टाग्राम पोस्टमा मिति उल्लेख गर्दै लेखेकी छन्- सेप्टेम्बर २०२४ । पोस्टमा दीपिकाले पति रणवीरलाई पनि ट्याग गरेकी छिन् । उक्त पोस्टको ग्राफिक्समा शिशुको लुगाफाटो चित्रण छ ।

गतसाता आयोजित बाफ्टा अवार्ड समारोहमा नै दीपिका गर्भवती रहेको चर्चा चलेको थियो । उनी पेट छोपेर बाफ्टा प्रेजेन्टरको रुपमा त्यहाँ पुगेकी थिइन् । त्यतिबेलासम्म उनी प्रेगनेन्सीबारे हल्ला चलिसकेको थियो ।

उनीहरुको यो घोषणामा अनिल कपुर, मनिष मल्होत्रा, मेधा शंकर, अंगद बेदी, मियाङ चाङ, कुब्ब्रा सैत, मसाबा गुप्ता लगायतका कलाकारले पोस्टरमा कमेन्ट गरेर बधाई दिएका छन् ।

२ महिनाअघि मात्रै दीपिकाले सिंगापुर भोग म्यागजिनलाई दिएको अन्तर्वार्तामा चाँडै परिवार सुरु गर्ने इच्छा व्यक्त गरेकी थिइन् । उनलाई आमा बन्ने कुनै योजना छ कि भनेर सोधिएको थियो । यसबारे दीपिकाले भनिन्, ‘पक्कै पनि रणवीर र म बच्चालाई माया गर्छौं । हामी दुबै आफ्नो परिवार सुरु गर्ने दिनको लागि पर्खिरहेका छौं ।’

दीपिका र रणवीरले सन् २०१८ मा विवाह गरेका थिए । दुवैको पहिलो भेट फिल्म ‘गोलियों की रासलीला : रामलीला’ को सेटमा भएको थियो । सँगै काम गर्दागर्दै दुवै प्रेममा परे र ५ वर्षको सम्बन्धपछि दुवैले विवाह गरे । यी दुईले ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा सँगै काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?