+
+

ओस्कार मनोनयनमा ‘ओपेनहाइमर’को वर्चस्व हुने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १५:०२

काठमाडौं । नेपाली समयानुसार मंगलबार बेलुका ९४ औं ओस्कार अवार्डको मनोनयन घोषणा हुँदैछ । विश्व फिल्मको सर्वोच्च पुरस्कार मानिने यो समारोहलाई लिएर फिल्मवृत्तमा व्यापक पर्खाइसमेत छ ।

यदि यो वर्षको गोल्डेन ग्लोब्स र क्रिटिक्स च्वाइसको नतिजालाई विश्वास गर्ने हो भने यस वर्षको ओस्कार मनोनयनमा पनि ओपेनहाइमर, बार्बी र किलर्स अफ द फ्लावर मुनको वर्चस्व हुने देखिएको छ ।

भेराइटी र हलिउड रिपोर्टर म्यागजिनको प्रक्षेपणअनुसार क्रिस्टोफर नोलन निर्देशित ‘ओपेनहाइमर’ सर्वाधिक विधामा मनोनयन हुनसक्ने जनाइएको छ । भेराइटीले चार फिल्म १० भन्दा बढी विधामा छनोट हुने अनुमान गरेको छ । जसमा ‘बार्बी ११, किलर्स अफ द फ्लावर मुन १०, ओपेनहाइमर १३ र पुअर थिंग्स ९–१० विधामा मनोनयन हुनसक्ने प्रक्षेपण छ ।

हलिउड रिपोर्टर म्यागजिनले किलर्स अफ द फ्लावर मुन १२, ओपेनहाइमर १२, पुअर थिंग्स १२, बार्बी १० र द जोन अफ इन्ट्रेस्ट १० विधामा मनोनयन हुनसक्ने उल्लेख गरेको छ ।

भेराइटीले ‘ओपेनहाइमर’ले सर्वश्रेष्ठ फिल्म विधा जित्ने अनुमान गरेको छ । निर्देशन विधा पनि ओपेनहाइमरबाट क्रिस्टोफर नोलनले जित्न सक्ने प्रक्षेपण छ । अभिनेता विधामा ‘द होल्डओभर्स’बाट पल जियामट्टी र अभिनेत्री विधामा ‘किलर्स अफ द फ्लावर मुन’बाट लिली ग्लाडस्टोनले जित्नसक्ने उल्लेख छ ।

सहायक अभिनेतातर्फको विधामा ‘ओपेनहाइमर’बाट रोबर्ट ड्वेन जुनियर र सहायक अभिनेत्रीको विधामा ‘द होल्डओभर्स’बाट द भिन जोय रान्डोल्फले जित्ने अनुमान छ ।

मौलिक पटकथा विधामा ‘एनाटोमी अफ अ फल’, एडप्टेड स्क्रिनप्लेमा ‘बार्बी’, एनिमेटेड फिचरमा ‘स्पाइडरम्यान : एक्रस द स्पाइडर भर्स’, प्रोडक्सन डिजाइनमा ‘बार्बी’, छायांकनमा ‘ओपेनहाइमर’, कस्ट्युम डिजाइनमा ‘पुअर थिंग्स’ले जित्नसक्ने प्रक्षेपण भेराइटीले गरेको छ ।

सम्पादन विधामा ‘ओपेनहाइमर’, मेकअप एण्ड हेयरस्टाइलिङमा ‘माएस्ट्रो’, ध्वनिमा ‘ओपेनहाइमर’, भिजुअल इफेक्टमा ‘द क्रिएटर’, ओरजिनल स्कोरमा ‘ओपेनहाइमर’, ओरजिनल गीतमा ‘बार्बी’, डकुमेन्ट्री फिचरमा ‘अमेरिकन सिम्फोनी’, अन्तर्राष्ट्रिय फिचरमा बेलायतको ‘द जोन अफ इन्ट्रेस्ट’ले जित्ने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?