+
+

विभिन्न स्थानका सरकारी विद्यालयहरुलाई माछापुच्छ्रे बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १७:१०

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बामती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकारी विद्यालयहरुलाई सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत ती सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने उदेश्यले सहयोग गरिएको बैंकले बताएको छ ।

कर्णाली प्रदेशको सुर्खेतस्थित शारदा नगरपालिका–१५ स्थित माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने घोषणा बैंकले गरेको छ । सो विद्यालयमा २८९ जना विद्यार्थी अध्ययनरत छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिका–६ स्थित बडेहाँमा रहेको शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा बैंकले शौचालय निर्माण गरिदिने भएको छ । जहाँ १८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

सहयोग सम्बन्धमा दुवै विद्यालयहरुसँग सम्झौता समेत भइसकेको बैंकले जनाएको छ ।

यसैगरी बैंकले बागमती प्रदेश अन्तर्गत काठमाडौं महानगरपालिका– ४ लम्टङ्गीन स्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहल निर्माण गरिदिने भएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?