+
+

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो बैंकिङ एप-वेबसाइटबाटै बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १३:५०

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबार असफल भएमा बैंकिङ एप-वेबसाइट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

डिजिटल कारोबार कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उदेश्यले यो सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

जस अन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेकोछ भन्ने कुराको अपडेट हेर्न सकिन्छ ।

साथै असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएको जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइन्छ ।

डिजिटल कारोबार असफल भएमा सो बारे जानकारी लिन बैंकसम्म धाउनु पर्ने बाध्यताको अन्त्य गर्न यो सुविधाले सघाउने बैंकले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् ।

यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रक्रिया अगाडि बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफैं फिर्ता गर्ने बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?