+
+

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १३:२९

काठमाडौं । माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ प्रवर्द्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिका लागि साझेदारी गरेको छ ।

उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रायोजन गरेको हो ।

एसएक्ससी स्यान्डबक्स एक आईटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो । जहाँ सहभागीलाई सूचना तथा प्रविधिसम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गरिएको थियो ।

कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रयोजन गरी विजेता टिमलाई ६ महिनाका लागि बैंकले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी इनोभेसन सम्बन्धी काम गर्न आवश्यक अवसर प्रदान गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?