+
+

माछापुच्छ्रे बैंकको नाफा घट्यो, निष्क्रिय कर्जा भने बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते ८:५०

५ माघ, काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ भने नउठेको निष्क्रिय कर्जा बढेको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २१ प्रतिशत कम हो । गत वर्षको यस अवधिमा बैंकको नाफा १ अर्ब २ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

खुद ब्याज आम्दानीसहित अन्य आम्दानी घट्दा बैंकको नाफामा असर परेको देखिएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ बराबर खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ थियो ।

खुद नाफा घट्दा प्रतिसेयर आम्दानी पनि खस्किएको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा छ । गत वर्षको यस अवधिमा २० रुपैयाँ थियो । बैंकको निष्क्रिय कर्जा भने बढेको छ । गत वर्षको पुस मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश १.४१ प्रतिशत रहेकोमा यो पुस मसान्तसम्म यस्तो कर्जा २.६२ प्रतिशत छ ।

त्यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ । बैंकहरुले ब्याजदर घटाउँदै गएकाले माछापुच्छ«ेको पनि आधार दर घटेको छ । गत वर्ष यस अवधिमा ११.३९ प्रतिशत आधार दर रहेकोमा अहिले ९.७८ प्रतिशतमा झरेको छ । बैंकको निक्षेप तथा कर्जाको औसत ब्याजअन्तर (स्प्रेड दर) ३.९९ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?