+
+

माछापुच्छ्रे बैंकद्वारा ३१० विद्यार्थीलाई स्विटर वितरण

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १३:२२

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत ३१० जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्विटर वितरण गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार कोशी प्रदेश अन्तर्गत उदयपुरको श्री आधारभूत विद्यालय सीवाई बेल्हा, कालीखोलास्थित श्री माध्यमिक विद्यालय र मधेश प्रदेश अन्तर्गत सिरहाको श्री जनता आधारभूत विद्यालय मिर्चैयामा अध्ययनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकालाई स्विटर वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?