+
+

लगातार पाँचौं जितले पुलिसको फाइनल सम्भावना बलियो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १२:५१

१० माघ, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै लगातार पाँचौं जित हात पारेको छ ।

लगातार पाँचौं जितले पुलिसको फाइनल खेल्ने सम्भावना बलियो बनेको छ ।

जितको लागि ९७ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसलो १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

पुलिसको जितमा सुनिल धमलाले २७ बलमा ३ चौका र २ छक्कासहित २८ रन बनाए ।

त्यस्तै कुशल भुर्तेलले २३ बलमा २ चौका र १ छक्कासहित १९, अर्जुन साउद ७, दीलिप नाथ ४, अमित श्रेष्ठ १५ र आरिफ शेख १६ रन बनाए ।

मधेशका अरनिको यादव र रञ्जित कुमारले २–२ विकेट लिए ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश २४ ओभरमा ९६ रनमा अल आउट भएको थियो ।

मधेशका कप्तान हरिशंकर साहले ३३ बलमा ४ चौकासहित २२ तथा अरनिको यादवले २६ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएका थिए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अनिल साह १, मयन यादव ५, पवन सर्राफ ६, निरज यादव ४ र रुपेश सिंह ५ रनमा आउट भए ।

पुलिसलाई जिताउन स्पिनर सागर ढकालले ९ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिए । ललित नारायण राजवंशीले ५ ओभरमा २ मेडनसहित १२ रन खर्चेर ४ र राशिद खानले १ विके लिए ।

पुलिस ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । पुलिसले शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा कर्णालीसँग खेल्नेछ । मधेश ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । मधेशले भोलि बिहीबार गण्डकीसँग त्रिविमै खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?