+
+

पोखरामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १४:०२

१० माघ, कास्की । कास्कीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

कास्की पोखरा महानगरपालिका-१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३  नम्बरको दुध बोक्ने बोलेरो दुर्घटना हुँदा सवारी चालक ४९ वर्षीय कृष्ण बहादुर थापाको मृत्‍यु भएको  प्रहरीले जनाएको छ ।

यस्तै सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा पोखरा नगरपालिका-१८ बस्‍ने ६९ वर्षीया हिमकला थापा र सोही ठाउँमा बस्‍ने ७० वर्षीया चन्द्रकला थापा रहेका छन् ।

हिमकलाको टाउँकोमा चोट लागेको छ भने चन्द्रकलाको ढाडमा चोट लागेको छ । घाइते भएका उनीहरूको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?