+
+

चन्द्रागिरि नगरपालिकामा फुटपाथमा व्यवसाय गर्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १४:५५
काठमाडौंको चन्द्रागिरिमा पानी पुरी व्यापारी र उनका ग्राहक/फाइल तस्वीर

१० माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फुटपाथमा व्यवसाय गर्न रोक लगाएको छ ।

नगरपालिकाले मंगलबार सूचना निकाल्दै फुटपाथमा व्यवसाय नगर्न भनेको हो । नगरपालिकाले अनधिकृत पार्किङ हटाउन समेत भनेको हो ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी गरेको सूचनामा सार्वजनिक सडकमा हुने अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ÷ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशिघ्र हटाउन भनेको छ ।

फुटपाथमा गरिने व्यवसाय र अनधिकृत पार्किङले सर्वसाधारण नागरिकलाई सडकमा आवतजावत गर्न असुविधा भएको, सडक दुर्घटनाको जोखिम बढ्नुका साथै सहरी सौन्दर्यतामा समेत असर परेको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

नगरपालिकाले सूचनाको अवज्ञा गरेमा नगर प्रहरी परिचालन गरी कारबाही गर्ने जनाएको छ ।
चन्द्रागिरिले ४ माघदेखि २४ जना नगर प्रहरी परिचालन गरेको छ । नगर प्रहरीले सहरी व्यवस्थापन लगायतको काम गर्न सुरु गरेको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाका मेयर घनश्याम गिरीले सहरी सौन्दर्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

‘हामीले आफ्नै स्रोतबाट नगर प्रहरी राखेका छौं, अब सहरी क्षेत्र व्यवस्थित बनाउन सुरु गर्छौं । बिस्तारै चन्द्रागिरिमा परिवर्तन देखिन थाल्छ,’ गिरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?