+
+

लगातार छैटौं दिन घट्यो सेयर बजार, नेप्से २०८८ अंकमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १५:१७

१०, माघ काठमाडौं । लगातार कारोबारको छैटौं दिन सेयर बजार झरेको छ । अघिल्लो बुधबारदेखि नै कारोबार भएका सबै दिन सेयर बजार घटिरहेको छ । आज बुधबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १० अंक झरेको हो । सो अंकको कमीपछि नेप्से २०८८ अंकमा कायम भएको छ ।

बुधबार कारोबारको सुरुवाती समयमा बजार बढ्दै जाँदा सवा ११ बजे २१२० अंकसम्म पुगेको थियो । सवा ११ बजेदेखि ओरालो लागेको बजार अन्तिम समयसम्म आउँदा ०.४८ प्रतिशत घट्न पुग्यो । ८० कम्पनीको मूल्य बढ्दा १५३ कम्पनीको मूल्य घट्यो भने १४ को स्थिर रह्यो ।

बजार घट्दा कारोबार रकम पनि खुम्चिरहेको छ । अघिल्लो दिन ४ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडमा खुम्चियो । बैंकिङ समूह जम्मा १ अंक हरियो रह्यो भने अरु समूहहरू घटेका छन् । विकास बैंक ४०, फाइनान्स ८, होटल तथा पर्यटन ७, हाइड्रोपावर ३३, जीवन बीमा ३८, उत्पादन १२, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ३२, अन्य १० र ब्यापार समूह ३० अंक घटे । प्रतिशतका आधारमा लगानी समूह सबैभन्दा धेरै १.६ प्रतिशत घट्यो ।

चन्द्रागिरि हिल्स र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्त र समाज लघुवित्तको ६ प्रतिशत मूल्य बढ्यो । तेह्रथुम पावरको मूल्य भने १० प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ५, कामना सेवा विकास बैंकको ३.८ र हाथवे इन्भेस्टमेन्टको मूल्य ३.६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, अरुणकाबेली पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र अपी पावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?