+
+
यू-१९ विश्वकप :

नेपालको तेस्रो विकेट गुम्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १५:२६

१० माघ, काठमाडौं ।  नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रनमा आउट भएका हुन् । स्पिनर अली असफन्डलाई लङअनमा सट खेल्ने धुनमा मिडअनमा क्याच आउट हुन पुगेका थिए ।

उबेद साहले उत्कृष्ट रनका साथ देवको क्याच लिएका थिए । दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १९ ओभरमा तीन विकेट गुमाउँदै ८० रन बनाएको छ । नेपालका विपिन रावल ५० बलमा ३ चौक र १ छक्कासहित ३१ र उत्तम थापामगर क्रिजमा छन् ।

ओपनर अर्जुन कुमाल भने आजको खेलमा चल्न सकेनन् । उनी अहमद हसनको पाँचौं ओभरको दोस्रो बलमा ६ रनमा बोल्ड आउट भए । त्यसपछि आएका आकाश त्रिपाठी अहमद हसनको बलमा ६ रनमै क्याच आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?