+
+
यू–१९ विश्वकप :

नेपालको प्लेइङ-११ मा तीन परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १३:४३

१९ माघ, काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स तथा आफ्नो अन्तिम खेलमा भारतविरुद्ध प्लेइङ-११ मा तीन परिवर्तन गरेको छ ।

पछिल्लो खेलमा बंगलादेशविरुद्ध खेलेका ओपनर विपिन रावल, आकाश त्रिपाठी र फिनिसर दीपक बोहरा आज टोलीमा छैनन् । नेपालले आज विकेटकिपर उत्तम थापामगर, दीपक डुम्रे र दीपक बोहरालाई मौका दिएको छ ।

आज मौका पाएका दीपक बोहरा ओपनर तथा लेग स्पिन अलराउन्डर हुन् । उत्तम र डुम्रे दुबै युवा विकेटकिपर हुन् । मध्यक्रममा यी दुई ब्याटरले स्पिन राम्रो खेल्ने गर्दछन्। किपिङ भने उत्तमले गर्ने छन् ।

अन्तिम खेल हुँदा बेन्चमा बसेका खेलाडीलाई नेपालले मौका दिएको छ । नेपाल प्रतियोगिताबाट बाहिरि सकेको अवस्थामा अन्तिममा उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ ।

नेपालको प्लेइङ ११ :

अर्जुन कुमाल, उत्तम थापामगर (विकेटकिपर), दीपक डुम्रे, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दीपक बोहरा, दीपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?