+
+

यू-१९ विश्वकप : गुल्शन पनि आउट, रन बनाउन नेपालको संघर्ष

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १६:४७

१० माघ,  काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध गुल्शन झालाई पनि गुमाएको छ ।

केहि राम्रो सुरुवात पाएपनि शीर्ष पाँच ब्याटर गुमाएपछि रन जोड्न नेपालले लगातार संघर्ष गरेको थियो । त्यसैक्रममा नेपालको सिनियर टोलीबाट खेली सकेका गुल्शन झा १८ रनमा आउट हुन पुगे ।

गुल्शनले ४७ बल खेल्दा कुनै पनि बाउन्ड्री प्रहार गर्न सकेनन् । तीव्र गतिका बलर खुबैब खलिलको ३८ औं ओभरको दोस्रो बलमा गुल्शन मिडअफमा अरपात मिन्हासबाट क्याच आउट भए ।

सट बलमा ठूलो सट खेल्नेक्रममा टप एज लागेर उनी क्याच आउट भएका थिए ।

बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३८ ओभरमा १३३ रन बनाएको छ । दीपक डुम्रे १२ र दीपेश कँडेल २ रनमा क्रिजमा छन् ।

ओपनर विपिन रावल ६८ बलमा ४ चौका र १ छक्कासहित ३९ रन बनाउँदै आउट भएका थिए । ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठी ६-६ रनमा आउट भएका थिए ।

कप्तान देव खनाल र विपिन रावलले तेस्रो विकेटका लागि ६२ बलमा ३७ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रनमा आउट भए ।

स्पिनर अली असफन्डलाई १८ औं ओभरको पहिलो बलमा लङअनमा सट खेल्ने धुनमा मिडअनमा उबेद साहबाट क्याच आउट भएका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमायो । उत्तमथापा मगर स्पिनर अफरत मिन्हासको बलमा एज लागेर ४ रनमा क्याच आउट हुन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?