+
+

गुल्सन र रोहितको उत्कृष्ट व्याटिङले नेपाल बलियो स्थितिमा : शरद भेषावकर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १३:०१

१९ कात्तिक, काठमाडौं । टी-२० विश्वकपको फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्यटिङ गरेको नेपाले ६ विकेट गुमाएर १८४ रन बनायो । गुल्सनले ५४ र रोहितले नटआट ५२ रन बनाए । ओमानका बिलाल खानले ३ तथा अकिब इल्यासले २ विकेट लिए ।

पहिलो इनिङ्सको बारेमा क्रिकेट एक्सपर्ट शरद भेषावकरसँगको संक्षिप्त कुराकानी :

नेपालको सुरुवात हेर्दा १८४ रन बन्ला जस्तो देखिएको थिएन । तर गुल्सन झा र रोहित पौडेलले जसरी ब्याटिङ गरे त्यसले ठूलो स्कोर बन्यो ।

सुरुको १० ओभरमा नेपालले ४ विकेट गुमाएर ६० रन मात्र बनाएको थियो । तर पछिल्लो १० ओभरमा १२४ रन बनायो । ४ विकेट गइसकको अवस्थामा नेपालले सम्झनलायक कमब्याक गर्योक ।

गुल्सनले विशेष इनिङ्स खेले । रोहितले अन्तिमसम्म टिकेर खेले, जसले गर्दा १८४ को स्कोर बनाउन सक्यौँ ।

गुल्सनले चाहिने बेलामा विशेष इनिङ्स खेलिरहेको हुन्छ । यसअघि लिग टु मा युएईविरुद्ध र प्रिमियर कपमा पनि युसएई विरुद्ध उनले यस्तै ब्याटिङ गरेका थिए । उनले प्रमाणित गरे कि ५० ओभर र टी-२० मा पनि आफू महत्वपूर्ण खेलाडी हुँ भनेर । उनी बिग म्याच प्लेअर हुन् ।

पहिलो इनिङ्सले नेपाल खेल नेपालको पक्षमा आएको जस्तो देखिन्छ । ओमानको कसैले उत्कृष्ट प्रदर्शन गरेमा मात्र खेल जित्न सक्छ । तर हाम्रो बलिङको जुन लय छ, त्यसमा उनीहरुलाई गाह्रो नै हुन्छ ।

लक्ष्य भेट्टाउने हो भने पावर प्लेमा ओमानले २ विकेट भन्दा धेरै नफाली कम्तीमा पनि ४५-५० रन बनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?