+
+

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान शुरु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते ९:२०

११ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान शुरु भएको छ । राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान शुरु भएको हो ।

प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ ।

सोहीअनुसार मतदान भइरहेको छ । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट अन्यतर्फ कांग्रेसका बलदेव बोहरा, अल्पसंख्यक तथा आपङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्दले उम्मेदवारी दिएकी छन् । नेकपा एमालेले अन्यतर्फ ईश्वरीप्रसाद खरेल, अल्पसंख्यक तथा आपांगतातर्फ रामचन्द्र जोशी र महिलातर्फ सावित्रादेवी घिमिरेलाई उम्मेदवार बनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६ हजार १०० रहेको छ । जसमा सत्तारुढ गठबन्धनको मतभार ४ हजार ४५७ रहेको छ भने एमालेको मतभार १ हजार ४८० छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?