+
+

क्यानडा पठाइदिन्छु भनी ठगेको आरोपमा २ विदेशीसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १०:४६

११ माघ, काठमाडौं । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशी सहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरुलाई बोलाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दुई विदेशी र ४ नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. १३ पाटनबेसी बस्ते ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षीया सीमा सुनार र काठमाडौंको कलंकी बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् ।

यसैगरी क्यानडाको अलवर्टा राज्यको क्यागोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्यप्रदेशको भोपाल नगर ठेगाना भएका ३२ वर्षीय इस्मित कौर पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखराकी पार्वती सुनारले मेरी छोरी क्यानडामा छ, सीधै क्यानडाको भिषा निकालिदिन्छ र राम्रो काममा लगाइदिन्छ भन्दै प्रलोभन देखाउने गरेको आरोप छ । उनले अन्तर्वार्ता लिन विदेशबाट मानिसहरु आएका छन् भन्दै प्रतिव्यक्ति दुई हजार रुपैयाँ अन्तर्वार्ता शुल्क उठाएको आरोप छ । अन्तर्वार्तामा पास भएपछि ३० लाख रुपैयाँ दिनुपर्ने भन्ने गरेको आरोप उनीहरुमाथि छ ।

उनीहरुलाई अन्तर्वार्ता लिइरहेको अवस्थामा नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?