+
+

‘नेपाली’सहितका समुदायको नामै तोकेर ओस्कारले ल्यायो नयाँ मापदण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १३:०९

काठमाडौं । ओस्कार अवार्डले सन् २०२४ देखि सर्वश्रेष्ठ फिल्म विधाको मापदण्डमा केही परिमार्जन गरेको छ । उक्त विधामा छनोट हुने फिल्म प्रतिनिधित्वमूलक र समावेशी हुनुपर्ने नयाँ नियम ओस्कारको छ ।

जसअनुसार यो संस्करणदेखि प्रतिनिधित्व र समावेशी मापदण्ड कार्यान्वयनमा ल्याइएको छ । यो नियमानुसार अबदेखि उत्कृष्ट फिल्मको विधामा छनोट हुने फिल्मले चारमध्ये दुई नियमको मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

विश्वको जनसंख्यालाई पर्दामा राम्रोसँग दर्शाउन र समान प्रतिनिधित्वलाई प्रोत्साहन गर्न यो नियम ल्याइएको ओस्कारले जनाएको छ । जसअनुसार ‘स्ट्यान्डर्ड ए, बी, सी र डी’ खण्ड विभाजन गरिएको छ ।

स्ट्यान्डर्ड ‘ए’अन्तर्गत छनोट हुन कम्तीमा एक प्रमुख अभिनेता वा सहायक अभिनेता एक विशिष्ट देश वा उत्पादन गरिएको क्षेत्रको अल्पसंख्यक जाति वा जातीय समूहबाट प्रतिनिधित्व गर्ने हुनुपर्ने उल्लेख छ ।

जसमा अफ्रिकी अमेरिकी, पूर्वी एसियाली, हिस्प्यानिक, ल्याटिनो, आदिवासी जनजाति, मध्यपूर्वीय, प्रशान्त महाद्वीपीय, दक्षिण एसियाली र पूर्वी एसियाली क्षेत्रको जाति वा जातीय समुदाय तोकिएको छ । दक्षिण एसियामा नेपालीसहित बंगलादेशी, भुटानी, भारतीय, पाकिस्तानी र श्रीलंकाली भए हुने मापदण्ड तय गरिएको छ ।

स्ट्यान्डर्ड बी र डीमा पनि नेपालीको नाम किटेरै मापदण्ड तोकिएको छ । नेपालीको नामै किटेर मापदण्डमा राखिंदा यसले अल्पसंख्यक जाति र क्षेत्रीय समावेशिता र प्रतिनिधित्व बढ्ने आशा ओस्कारले लिएको छ । जसअनुसार नेपाली मूलको कलाकारले अन्तर्राष्ट्रिय फिल्ममा सहभागिता जनाउने बाटो खुला हुँदै जान्छ । यसले नेपाली डिसेन्टका कलाकारले विदेशी फिल्ममा काम गर्ने मौका पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?