+
+

ओस्कार अवार्ड : बेलायतको ‘द जोन अफ इन्ट्रेस्ट’ अन्तर्राष्ट्रिय फिचर विधामा सर्वोत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते ७:५३

काठमाडौं । बेलायती फिल्म ‘द जोन अफ इन्ट्रेस्ट’ यसवर्ष ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा सर्वोत्कृष्ट भएको छ । नेपाली समयानुसार आज बिहान भएको ९६ औं ओस्कारमा जोनाथन ग्लेजर निर्देशित यो फिल्म उत्कृष्ट बन्यो ।

यो फिल्मले उत्कृष्ट ध्वनी विधा समेत जितेको छ । यो फिल्मले एक नाजी अफिसरको कथा भन्छ जो शिविर कमाण्डरको पत्नीसँग प्रेममा पर्छ । सन् २०२३ मा यो फिल्मले कान्स फिल्म फेस्टिभलमा ग्राण्ड प्रिक्स अवार्ड समेत जितेको थियो ।

अवार्ड ग्रहण गर्दै निर्देशक ग्लेजरले इजरायल र गाजामा जारी हिंसाको विरोध गरे ।

यो विधाका लागि नेपालले ‘हल्कारा’लाई ओस्कारमा सिफारिस गरेको थियो । तर, नेपालको फिल्म सर्टलिस्टमै पर्न सकेन । यो विधाका लागि ‘एनाटोमी अफ अ फल’ले पनि जित्न सक्ने अनुमान गरिएको थियो । तर, प्रतिस्पर्धामा बेलायती फिल्म ‘द जोन अफ इन्ट्रेस्ट’ले बाजी मा¥यो ।

ओस्कार अवार्ड समारोह अहिले अमेरिकी सहर लस–एन्जलसको डब्ली थिएटरमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?